लैङ्गिक समानताकोलागि महिला प्रतिनिधित्व मात्र हैन समान सहभागिता

दक्षिण एसियाली ट्रेड युनियन परिषद् (सार्टुक) ले लैङ्गिक नीति बिषयक २ दिने कार्यक्रम चैत्र २८ र २९ गते काठमाण्डौंमा सम्पन्न गरेको छ । 

कार्यक्रममा जिफन्ट अध्यक्ष तथा सार्टुकका उपाध्यक्ष बिनोद श्रेष्ठले लैङ्गिक समानताको लागि महिला प्रतिनिधित्व मात्र हैन समान सहभागितामा जोड दिनु पर्ने भन्नु हुँदै लैङ्गिक नीति तर्जुमा गर्नु पर्ने र नेपालले ILO अभिसन्धी १९० तत्काल अनुमोदन गर्नु पर्ने बताउनु भयो ।