"विविधतामा एकता" मार्गदर्शक सिद्धान्तः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूले प्रजातन्त्र, समानता र सामाजिक न्यायकालागि लामो संघर्षको इतिहास बोकेको र प्रारम्भिक दिनहरूमा, ट्रेड युनियनहरू श्रमिकहरूको आधारभूत अधिकारका लागि लड्यौ तथापि, विभिन्न राजनीतिक दलहरूका सम्बन्धनमा विभाजित आन्दोलनले उचित मार्ग प्रशस्त गर्न सकेन। तर, जब हामीले नेपालका छरिएर रहेका ट्रेड युनियनहरूलाई एकीकरण गरी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) सन् २००७ मा गठन गर्यो, तब श्रमिकहरूको आवाज सशक्त बनाउन सफल भयो।

"विविधतामा एकता" को सिद्धान्तलाई मार्गदर्शक मानेर, जेटियुसिसिले नेपालमा ट्रेड युनियन प्रयासहरू एकीकृत गर्दै श्रमिकहरूको साझा मुद्दालाई नीति सुधार, औद्योगिक शान्ति र विकासका लागि आवाज उठाउँदै आएको बताउनु भएको छ ।

पब्लिक सर्भिस इन्टरनेशनल (PSI) द्वारा चैत्र २७ गते काठमाण्डौमा आयोजित सरसफाइ क्षेत्र सम्बन्धी दक्षिण एसिया क्षेत्रीय बैठकमा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो । 

अध्यक्ष श्रेष्ठले नेपालका श्रमिकहरू र ट्रेड युनियनहरू राजनीतिक आन्दोलन र जनताको लोकतन्त्र पुनर्स्थापनासँग प्रत्यक्ष रूपमा जोडिएको भन्नु हुँदै ट्रेड युनियन आन्दोलन श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने र सामाजिक संवादमार्फत उपलब्धिहरू संस्थागत गर्ने दिशामा केन्द्रित भएको र हाम्रो सामाजिक संवादको मुख्य उद्देश्य औद्योगिक शान्ति स्थापना गर्नु र मर्यादित श्रमको लक्ष्य प्राप्त गर्ने मा जोड दिनु भएको थियो ।