लैङ्गिक समानताका निम्ती ट्रेड युनियनको नेतृत्व" बिषयक राष्ट्रिय भेला सम्पन्न

नेपालको ट्रेड युनियन अन्दोलनमा लैङ्गिक समानता र वर्गिय मुद्धालाइ साझा मुद्धाको रूपमा स्थापीत गर्न फरक–फरक बिचारका बावजुद पनि साझा मुद्धाकालागी एकै स्थानमा बस्न टुकगेपको स्थापाना कोशेढुङ्गा साबित भएको अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भएको छ ।

पुस ७ गते ललितपुरमा सम्पन्न "लैङ्गिक समानताका निम्ती ट्रेड युनियनको नेतृत्व" बिषयक राष्ट्रिय भेलालाइ सम्बोधन गर्नुहुदै अध्यक्ष श्रेष्ठले इतिहासमा गरेका कामहरूलाको मुल्याकान गर्दै भविष्यमा कसरी अगाडी बढ्रने भन्ने बारेमा राष्ट्रिय भेलाले निस्कर्ष निकाल्ने बिश्वास व्यक्त गर्नु भयो । ट्रेड युनियन अनदोलन केवल लैङ्गिक समानताको लागि मात्र नभई ट्रेड युनियन र देश चलाउने उच्च तहसम्म पुर्याउने गरी काम गर्न पर्नेमा जोड दिनु भएको थियो ।

अइटियुसी एनएसी अध्यक्ष जगत सिंखडाको अध्यक्षतामा भएको सो  उद्धघाटन कार्यक्रममा एनटियुसी अध्यक्ष योगेन्द्र कुँवरले शुभकामना दिनु भएको थियो । सोलिडारीटी सेन्टरका डाइरेक्टर लुना रन्जीतले कार्यक्रमको उद्धेश्यबारे प्रकास पार्नु भएको सो कार्यक्रमको दोस्रो चरणमा विषयवस्तुमाथि समूह छलफल भएको थियो । 

कार्यक्रममा पुर्व उपाध्यक्ष तथा जिफन्ट बरिष्ठ युनिरूयनकर्मी संजाल अध्यक्ष बिना श्रेष्ठ, जिफन्ट पुर्व उपमहासचिब बिन्दा पाण्डे, एनटियुसीका पुर्व उपाध्यक्षहरू सांसद रमा पौडेल, सुधा दाहाल र केशमाया श्रेष्ठ लगायत तीनवटै महासंघका नेतृत्वको सहभागीता रहेको सो कार्यक्रमको संचालन राधा कुइकेलले गर्नु भएको थियो भने स्वागत जिफन्ट उपाध्यक्ष सीता लामाले गर्नु भएको थियो ।

भेलामा कार्यथलोमा रहेका साझा जेण्डर बिषयको पहिचान साथै समिक्षा र अगामी कार्य दिशाको बिषयमा पुष्पा भुसालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।