नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौँ महानगर पालिका र तारकेश्वर नगरपालिकामा सरसफाई तथा सफाई वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्यथलोमा हुने लैगिक हिंसा सम्बन्धी" तालिम मंसिर २९ गते सम्पन्न गरेको छ ।
नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपालीले कार्यक्रमको शुभारम्भ गर्नु भएको सो कार्यक्रममा जिफन्टका उपमहासचिव नरनाथ लुइँटेलले लैगिक हिंसा सम्बन्धी जिफन्टको अचार संहिता लगायतका विषयमा प्रकाश पार्नु भएको सो कार्यक्रम सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले गर्नुभएको थियो ।

त्यसैगरी जिफन्टले काठमाडौँ टोखा नगरपालिकामा सरसफाई तथा सफाई वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्यथलोमा हुने लैगिक हिंसा सम्बन्धी" तालिम मंसिर ३० गते सम्पन्न गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नु भएको सो कार्यक्रममा जिफन्टका उपमहासचिव नरनाथ लुइटेल, नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपालीले लैगिक हिंसा सम्बन्धी जिफन्टको अचार संहिता लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रम सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले गर्नुभएको थियो ।