आउटसोर्स श्रमिकका समस्या र श्रम बजारका बारेमा समसामयिक बिषयमा राष्ट्रिय भेलामा

नेपाली ट्रेड युनियनहरूको झण्डै २ दशकको लामो र निरन्तर आन्दोलनको फलस्वरूप २०७५ साल मंसिर ११ गतेबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा छैटौँ बर्ष पुरा गरी सातौँ बर्षमा प्रवेश गर्दै गर्दा उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धीकोलागी अझ सशक्त भएर लाग्नु पर्ने जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भएको छ । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसिको आयोजनामा मंसिर १० गते आउटसोर्स श्रमिकका समस्या, सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका बारेमा समसामयिक बिषयमा आयोजित राष्ट्रिय भेलामा सो कुरा बताउनु भएको हो ।

अध्यक्ष श्रेष्ठले श्रमजीवी जनताको समृद्धिको लागी अगाडि बढी रहेको अवस्थामा सामाजिक सुरक्षा विरुद्धका भ्रमहरूलाई चिर्दै हाम्रो आन्दोलनको उपलब्धिलाई संरक्षण गर्ने दाइत्वलाई पुरा गर्न समस्त श्रम आन्दोलन एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । 
जेटियुसिसि अध्यक्ष योगेन्द्र कुँवरको अध्यक्षतामा भएको सो भेलामा अन्टुफ अध्यक्ष जगत सिम्खडाले आउटसोर्स श्रमिकका समस्या तथा ट्रेड युनियनले खेल्नु पर्ने भुमिकाको बारेमा बोल्नु भएको थियो ।