जिफन्टले श्रमिकका समस्या समाधान गर्न पुसदेखि ३ महिने देशव्यापी अभियान थाल्ने
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा गर्ने भएको छ ।
सो अभियानको पहिलो दिन मंसिर १० गते जिफन्ट बागमती प्रदेश महिला कमिटीद्वारा जिफन्टको महिला हिंसा विरुद्धको आचार संहिता कार्यान्वयनको बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
अभियानको सुरुवात गर्दै अध्यक्ष विनोद श्रेष्ठले लैङ्गिक हिंसालाई एकपक्षीय ढङ्गले नबुझ्न र हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो।
महिला कमिटी अध्यक्ष सीता लामाद्वारा आईएलओ अभिसन्धी १९०, उपाध्यक्ष कमला तामाङद्वारा जिफन्ट महिला नीति तथा सचिव विजया खड्काले लैङ्गिक हिंसाको अवस्था र जिफन्टको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता जिफन्ट प्रदेश महिला कमिटी अध्यक्ष शान्ती कार्किले गर्नु भएको थियो ।