नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सहयोग समुह नेपाली प्रवासी श्रमिक संघ कतार स्थित दोहाको बरुवा अल्लबरामा कार्तिक २३ गते एरिया कमिटी गठन भएको छ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह कतारका अध्यक्ष समुन्द्र खड्काको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमले घनश्याम रिजालको अध्यक्षतामा १६ सदस्य एरिया कमिटी गठन गरेको हो ।
जिफन्ट सहयोग समुह कतारका सचिब गिरि प्रसाद दर्लामीको पहलमा भएको सो कार्यक्रमका प्रमुख अतिथि जिफन्ट सहयोग समुह कतारका अध्यक्ष समुन्द्र खड्काले जिफन्टको नीति तथा कार्यक्रमहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसैगरी संगठनका उपाध्यक्ष नवराज शाहिले नव गठित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको सो कार्यक्रमको संचालन संगठनका कार्यवाहक महासचिव लोकबहादुर जोगिले र सहभागीहरूलाई आर्थिक सचिव सलबहादुर श्रेष्ठले स्वागत गर्नु भएको थियो ।