नेपाल स्वस्थ स्वयंसेवी संघ (नेभा) द्वारा क्षमता विकास कार्यशाला सम्पन्न

नेपाल स्वस्थ स्वयंसेवी संघ (नेभा)को आयोजनामा संगठन क्षमता विकास कार्यशाला कार्तिक १० र ११ गते नुवाकोटको  बटारमा सम्पन्न गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपमहासचिव नरनाथ लुइँटेल र जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले सहजीकरण गर्नु भएको कार्यशालामा नुवाकोट जिल्लाका १० वटा पालिकाका स्वस्थ स्वयंसेवीहरूको सहभागीता रहेका थियो ।

त्यसैगरी सोही कार्यक्रममा गंगा बोगटीको अध्यक्षतामा ११ सदस्यीय नेपाल स्वस्थ स्वयंसेवी संघ नेभा नुवाकोट जिल्ला समन्वय कमिटी गठन गरिएको छ। 

नव गठित कमिटीलाई  नेभा केन्द्रिय अध्यक्ष गिता थिङ ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।