सफाइ क्षेत्रका श्रमिकहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) र नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी बिच कार्तिक १० गते जिफन्ट सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा मजदुर बिशेष जिल्ला कमिटी इन्चार्ज सीता लामाले श्रमिक आन्दोलन र राजनैतिक आन्दोलनको बारेमा धारणा राख्नु भएको अन्तरक्रिया कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले जिफन्ट र नेकपा एमालेको कामको समन्वयका बारेमा प्रकाश पार्नु भएको थियो ।
नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटीको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा जिफन्ट बागमती प्रदेश कमिटी पदाधिकारी, उपत्यका भित्रका पालिका कमिटी अध्यक्षहरू र नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी सचिवालय र बिशेष पालिका कमिटीमा अध्यक्षहरूको सहभागिता रहेको थियो ।