‘जलवायु संकटसंग जुध्नकालागि बनाइने न्यायिक संक्रमणका रणनीतिहरू विशिष्ट प्रकारको हुनुपर्छः जिफन्ट महासचिब

नेपालका श्रम क्षेत्रमा गरिने ‘जलवायु संकटसंग जुध्नकालागि बनाइने न्यायिक संक्रमणका रणनीतिहरू विशिष्ट प्रकारको हुनुपर्ने’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले बताउनु भएको छ ।  महासचिव शर्माले उक्त कुरा आश्विन २ देखि ४ गतेसम्म थाइलेण्डको बैंककमा श्रमिक र न्यायिक संक्रमणको विषयमा भएको एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा बताउनुभएको हो।

महासचिव शर्माले नेपालमा जलवायु संकटको तिब्र असर,  बहुसङ्ख्यक अनौपचारिक र असंगठित श्रमिकहरू ठुलो संख्यामा वैदेशिक रोजागारहरु, सुरुवाती चरणमा रहेको सामाजिक सुरक्षा प्रणाली भएकोले औद्योगिक राष्ट्रहरूको न्यायिक संक्रमणको मोडेलबाट हामीले सिक्नुपर्दछ तर नक्कल गर्नु हुँदैन भन्नुभयो। 

जिफन्टको तर्फबाट जलवायु संकटको माझमा नेपाली श्रमिकहरुले व्यहोर्नुपरेको समस्याको बारेमाकार्यपत्र प्रस्तुत गर्दै वहाँले वैदेशिक रोजगारीमा अरब र मलेसियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य र सुरक्षाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकोथियो।

त्यसैगरी अर्को सत्रमा जिफन्टले जलवायु संकटको सम्बोधन गर्न जिफन्ट र नेपाली श्रमिकहरुले सञ्चालन गरेका न्यायिक संक्रमणका कार्यक्रमहरूको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो। 

सम्मेलनले एसिया प्रशान्त क्षेत्रका श्रमिक युनियनहरुको तर्फबाट न्यायिक संक्रमणमा यो क्षेत्रको अवस्था र मागहरु समेटिएको प्रस्ताव पनि अनुमोदन गरेकोछ।