नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु) सदस्य सुनिल पुन मगरको हत्या

नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु) ले एक विज्ञप्ति जारी गर्दै नाटुको रोल्पा जिल्ला समन्वय कमिटीमा आवद्ध सदस्य सुनिल पुन मगरको हत्यामा संलग्न दोषीलाइ कडा कारवाही गर्न माग गरेको छ । 

गत साउन ५ गते हातहतियार सहित अराजक समूहको सांघातीक आक्रमणबाट मगरको मृत्यु भएको थियो । उक्त घटनामा नाटु रोल्पा जिल्ला समन्वय कमिटी अध्यक्ष कृष्ण बहादुर अधिकारी गम्भीर घाइते हुनु भएको छ । 

जिफन्टले नाटु रोल्पाका सदस्य सुनिल पुनको हत्याबाट ट्रेड युनियन आन्दोलनका इमान्दार सदस्य गुमाउनु परेकोमा दुःख ब्यक्त गरेको छ । 

शोक सन्तप्त परिवारलाई तत्काल राहत प्रदान गर्न र अपाराधीलाई गिराफ्तार गरी कानुनी कारवाहीको दायरामा ल्याउन समेत नाटुले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । 
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम