चालक मेघनाथ विकको परिवारलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनध्दारा सहयोग

गत असार २८ गते राती गएको पहिरोसंगै आएको ढुङ्गा लागेर मृत्यु भएका चालक मेघनाथ विकको परिवारलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले साउन ९ गते १ लाख १० हजार १ सय ५ रुपैया सहयोग प्रदान गरेकोछ ।

चितवन भरतपुर महानगरपालिकाको १७ किलो भन्ने स्थानमा असार २८ गते राती गएको पहिरोसंगै आएको ढुङ्गा लागेर गम्भिर घाइते विकले बसलाई करिव ५० मिटर अगाडि पुर्याइ यात्रुहरूलाई सुरक्षित बनाएका थिए ।  

उपारको क्रममा मृत्यु भएका विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्ने तयारी भइरहेको संगठनले जनाएको छ ।