नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवध्द युनियन स्पोटर्स युनियन नेपाल सनको असार २२ गते जिफन्ट सभाहल पुतलीसडकमा सम्पन्न भेलाले बिराज रानाको अध्यक्षतामा ११ सदस्य उपत्यका कमिटी गठन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपाध्यक्ष तथा स्पोटर्स युनियन नेपालका अध्यक्ष सीता लामाको अध्यक्षामा सम्पन्न सो भेलाका प्रमुख अतिथी जिफन्ट कार्यबाहाक अध्यक्ष जितेन्द्र श्रेष्ठले खेल क्षेत्रका समस्याहरु समाधान गर्न, खेलाडीहरुको आत्मसम्मान तथा योगदामा अधारीत सामाजीक सुरक्षाको ग्यारेन्टी गर्न, खेलकुदवाट देशको समृद्धी र खेलाडीहरूको जिवनको समृद्धीको लागी खेल क्षेत्रमा रहेकाहरूको एकताबध्द र मजबुत संगठनको अवश्यक रहेको बताउनु हुदै खेलाडीहरूको हक अधिकारकालागी जिफन्टले गत ३ वर्ष अगाडी स्पोट्स यूनियन नेपालको गठन गरेको बताउनु भयो ।
भेलामा जिफन्ट महासचिब लक्ष्मण शर्माले नेपालमा श्रम अन्दोलनले समेत्न नसकेको खेल क्षेत्रमा क्रियाशिल खेल कर्मीहरूलाइ जिफन्टले संगठीत गर्ने अभियान सुरू गरेको भन्नु हुदै यस क्षेत्रमा रहेको बिकृती र बिसंगती हताउन र एन कानुनको कार्यान्वयनकालागी संगठित शक्तीको बिकल्प नरहेको बताउनु हुदै जिफन्ट यस्कालागी हरेक हाबमा साथ दिन तयार रहेको बताउनु भयो ।
स्पोट्स यूनियन नेपालका उपाध्यक्ष युवराज जिरेलले स्वागत र महासचिब सुदिप शर्माले संचालन गर्नु भएको सो कार्यक्रमा जिफन्ट सचिब कृष्ण केसील खेल क्षेत्रमा ट्रेड युनियन गठनको अवश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
भेलाले निर्वाचित कमिटीलाइ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बधाइ तथा शुभकामना दिनु भएको थियो ।