नाबुन लेखनाथको नवौ बार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) लेखनाथ ईकाइ कमिटिको नवौ बार्षिक साधारण सभा जेठ १९ गते सम्पन्न भयो । 

इकाई कमिटि अध्यक्ष लता गुरूङको अध्यक्षतामा कास्की जिल्लाको लेखनाथमा सम्पन्न उक्त  साधारण सभामा प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन परिषद प्रमुख मिना गुरुङ, नाबुन प्रतिनिधि परिषद प्रमुख सुमन गुरुङ, जिफण्ट गण्डकी प्रदेश उप सचिव तथा महिला कमिटी अध्यक्ष सगिता पाण्डे, नाबुन गण्डकी प्रदेश अध्यक्ष शुष्मा शाह र नाबुन लेखनाथ कमिटीका संस्थापक अध्यक्ष जिना मगर लगायतले सम्बोधन गर्नुभएको थियो ।