नेभाले कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री समक्ष मागपत्र बुझायो
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) धरान उपमहानगर कमिटीको जेठ २४ गते सम्पन्न अधिवेशनले नर माया तामाङको अध्यक्षतामा ९ सदस्यीय धरान उपमहानगर कमिटी गठन गरेको छ ।
नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यता सम्पन्न सो अधिवेशनमा नाबुन केन्द्रिय सचिब सुजना जोशी, जिफन्ट धरान उपमहानगर कमिटी अध्यक्ष समशेर बर्देवा लगाएतका अतिथीहरूले नवनिर्वाचित कमिटीलाइ बधाइ तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन इटहरी उपमहानगर कमिटीको आयोजनामा निःशुल्क पाँच दिने सेल्फ मेकअप तालिम इटहरीमा सुरू गरेको छ ।
नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यता जेठ २४ गते एक कार्यक्रमको अयोजना गरी तालिमको शुभारम्भ गरेको हो ।
नाबुन इटहरी उपमहानगर कमिटीका अध्यक्ष सृजना बस्नेतको अध्यक्षता सम्पन्न सो तालिम शुभारम्भ कार्यक्रममा नाबुन केन्द्रीय सचिव सुजना जोशी, केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङले शुभकामना दिनु भएको थियो ।
४० जना प्रशिक्षार्थी सहभागी उक्त तालिम क्लासिक ब्युटी एकेडेमी, इटहरी मेकअप स्टुडियो, डिजिएन मेकअप स्टुडियो, कलर नेल्स ब्यूटी पार्लर, श्रेयाश्री ब्यूटी पार्लर र प्रीति मेक अप एन्ड नेल स्टुडियोमा कक्षा सन्चालन गर्ने तालिम कार्यक्रम संयोजक पूजा भट्टराई जानकारी दिनु भएको छ ।