श्रमिक आन्दोलनमा सूचना प्रविधिको ज्ञान अपरिहार्य

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कार्यवाहक अध्यक्ष एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख जितेन्द्र श्रेष्ठले श्रमिक आन्दोलनमा सूचना प्रविधिको ज्ञान अपरिहार्य भएको बताउनु भयो । 

असार १२ गते जिफन्ट ट्रेड युनियन स्कुल, अनामनगरमा आयोजित समाचार सम्प्रेषण गर्ने समूहको तयारी बैठकमा कार्यबाहक श्रेष्ठले सो धारणा व्यक्त गर्नुभएको हो । 

उक्त बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्माले छोटो समयमा लक्ष हासिल गर्न एकै विषयमा केन्द्रित भएर कामगर्न युवाहरूलाई सुझाव दिनुभयो । 

बैठकमा प्रचार तथा प्रकाशन विभाग सचिव महेन्द्रलाल श्रेष्ठले श्रम क्षेत्रको समाचार सम्प्रेषणको आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो । जिफन्टले विभिन्न घटक युनियनमा आवद्ध युवाहरूलाई नयाँ प्रविधिमा आधारित समचार सङ्कलन, सम्पादन र सम्प्रेषणको सिप प्रदान गरी जिफन्टको प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ ।