असोज १८ र १९ गतेको वर्षापछि डुबान तथा खोलाको बाढी उद्योगभित्र पसेर सुनसरी–मोरङ कोरिडोर र मोरङको कटहरी गाउँपालिकामा रहेका लगभग दुई दर्जन उद्योग क्षति भएको छ ।
उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चुडामणि भट्टराईका अनुसार बाढीबाट ५० करोड रुपियाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
उद्योगमा क्षति पुगेपछि दैनिक चार हजार दुई सय जना मजदुरलाई केही दिन होल्डमा बस्न भनिएको छ । दैनिक तीन सिफ्ट चल्ने उद्योग सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ ।