नेपालमा ट्रेड युनियन मात्रै हैन लोकतन्त्र हनन् हुँदैछः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विश्व वातावरण दिवस ५ जुनको सन्दर्भमा जेठ २२ गते एक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अध्यक्ष बिनोद श्रेष्ठले विश्व वातावरण दिवसको २०२६को अवसरमा शुभकामना व्यक्त गर्नु हुंदै हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले हामीलाई प्रकृतिप्रति आफ्नो दायित्व सम्झाउने अवसर प्रदान गर्ने र स्वच्छ हावा, शुद्ध पानी, हरियाली वन तथा जैविक विविधता हाम्रो अस्तित्वका आधार भएको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अव्यवस्थित उपयोगले वातावरणमा गम्भीर चुनौतीहरू सिर्जना भइरहेको भन्नु हुंदै विश्व वातावरण दिवसको अवसरमा हामी सबैले वातावरण संरक्षणका लागि दृढ संकल्प गर्ने प्रेरणा मिलने बिश्वास सहित सबैले भावी पुस्तालाई स्वच्छ तथा सुरक्षित पृथ्वी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्न पनि आब्हान गर्नु भएको छ ।