सडक व्यापारमा सङ्लग्न, सडकको पेटीमा बसेर वा हिड्दाहिंड्दै व्यापार गर्ने र सार्वजनिक स्थानमा पसल राखेर आफ्नो जीवन धान्ने श्रमिकहरूको युनियन हो नेपाल स्वरोजगार व्यापार श्रमिक संघ । देशका विभिन्न भागमा भाँडा सफा गर्ने, स्टोभको पीन, वासरदेखि मौसम अनुसारको सागसब्जी फलफुल, खानेकुरा, कपडा, रेडियो–घडी–सीडी, बच्चाहरूको खेलौना जस्ता सामानहरू सडक, बस्ती र हाटहरूमा व्यापार गरी आफ्नो जीविकोपार्जन गर्ने श्रमिकहरूको अधिकार रक्षा गर्न यो युनियनको स्थापना भएको हो । 

स्वरोजगारहरू समेटेको यो युनियनमा नाङ्ला तथा चकटीका आधारमा व्यवसाय गर्नेदेखि निश्चित छानो तथा प्लास्टिक सेडमा बसेर व्यवसाय गर्ने श्रमिकहरू सङ्गठित छन् । हिंडेर टाढा–टाढासम्म घुमन्ते व्यापार गरिरहेका र साइकल, ठेला–गाडा जस्ता सवारीका साधनहरू प्रयोग गरी व्यापार गरिरहेका व्यक्तिहरू पनि यस युनियनका सदस्य बनेका छन् । काठमाडौंमा सडक व्यापारको विविध क्षेत्रमा सङ्लग्न श्रमिकहरू २०५९ पौष २५ गते पहिलो पटक भेला भएका थिए । त्यस भेलाले निर्माण गरेको कमिटीले २०६० जेठ ९ गते नेपाल सडक व्यापार श्रमिक संघ श्रम विभागमा नं. ८७ मा ट्रेड युनियन सङ्घको रूपमा दर्ता गरेको थियो । यसले २०६५ सालमा सम्मेलन गरी नेपाल स्वरोजगार श्रमिक संघ नामाकरण गरेको छ ।

संबद्ध गतिविधिहरू

नेष्ट बागमती प्रदेश अध्यक्षमा नानीमाया बस्नेत

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) को भाद्र ४ गते सम्पन्न बागमती प्रदेश दोस्रो अधिवेशनले नानीमाया बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले अधिवेशन उद्धधाटन गर्नुहुंदै संगठन हाम्रो साझा घर भएको र हामीले गर्ने प्रत्येक काम श्रमिकहरूको उज्वल भबिष्यकोलागी भएको बताउनु हुंदै पुर्वजहरूले गरेको आन्दोलनका कारण आज हामीले संगठन स्वतन्त्रता, सामाजिक सुरक्षामा श्रमिक जोडिने देखी बिभिन्न अधिकार प्रयोग गर्न पाएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले श्रमिक आन्दोलनबाट अनेकौँ नेता तयार भएका छन् र नीति–निर्माण तहमा उनीहरूले योगदान दिइरहेको भन्दै श्रमिक अधिकारको क्षेत्रमा थप उपलब्धि हासिल गर्न बलियो संगठन, अनुशासीत र निरन्तर लागी रहने कार्यकर्ता मार्फत मात्र सकिने विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनमा नेस्टकी केन्द्रीय अध्यक्ष माया गुरुङ, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नेस्ट महासचिव राजकुमार श्रेष्ठ, नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी शिवाकोटी लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122165376602435116&type=3

 

यो सहर धनिहरूको मात्र होइन, गरिबहरूको पनि होः नेष्ट

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) ले भाद्र १३ गते एक बिज्ञप्ती जारी गरी नेपाल कवाड ब्यबसायी संघको जारी आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ । 

काठमाडौं महानगरपालिकाले पछिल्ला केही दिनदेखि शहरलाई व्यवस्थित बनाउने नाममा काठमाडौंमा फुटपाथ व्यापारीहरू र कबाडी संकलकहरूमाथि दुर्व्यवहार र विस्थापन गर्ने कार्य प्रती आपत्ती जनाएको छ ।

बिज्ञप्तीमा शहर व्यवस्थापन जनमुखी र समावेशी बनाउनु पर्छ भन्ने हाम्रो पनि मान्यता रहेको उल्लेख गर्दै  "यो सहर धनिहरूको मात्र होइन, गरिबहरूको पनि हो” र सहरको व्यवस्थापन गर्दा सबै वर्गका नागरिकहरूको हक अधिकार र अवसर सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिएको छ ।

नेष्टले मनायो २४ ओैं स्थापना दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) को २४ ओैं स्थापना दिवस पुस २५ गते जिफन्ट सभाहलमा सम्पन्न भयो । 

२४ ओैं स्थापना दिवसको शुभकामना दिनु हुंदै कार्यक्रमका प्रमुख अतिथ् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वरोजगार  श्रमिकहरूको ब्यवसायलाइ मर्यादित र ब्यवस्थीत बनाउन नेष्टले योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

नेष्ट अध्यक्ष माया गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अवद्ध युनियनको तर्फबाट जुगकाटेमयु अध्यक्ष फुलमाया लामा, जिफन्ट बागमती प्रदेश कमिटीबाट अध्यक्ष रामहरी नेपालले स्थापना दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो । 

नेष्ट महासचिब राजकुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा सदस्य नवराज पण्डितले स्वागत मन्तव्य राख्नु भएको थियो । 
 

नेष्टको सातौं राष्ट्रिय अधिवेशन पुसको २५ र २६ गते काठमाण्डौमा हुने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सघ (नेष्ट) को सातौं राष्ट्रिय अधिवेशन २०८३ सालको पुसमा आयोजना गर्ने भएको छ । 

नेष्टको असार २६ गते जिफन्ट सभाहलमा सम्पन्न ४१औ केन्द्रिय कमिटी बैठकले आगामी पुसको २५ र २६ गते काठमाण्डौमा गर्ने  र २०८३ कार्तिक भित्र केन्द्रीय मातहत कमिटीहरू गठन तथा पुनरगठन, सदस्यता बिस्तार तथा नविकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । 

बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बदलिएको राजनीतिक परिस्थितिमा ट्रेड यूनियन आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा प्रकाश पार्नु भएको थियो भने महासचिब लक्ष्मण शर्माले जिफन्टको कार्यक्रमलाइ प्रभावकारी कार्यान्वयनकोलागि आवद्ध युनियनको भुमिका बारे प्रकाश पार्नु भएको थियो । 

नेष्ट अध्यक्ष माया गुरूङको अध्यक्षतामा प्रतिनिधि परिषद प्रमूख तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य  नारायण न्याैपानेको समेत उपस्थीत रहेको नेष्ट महासचिब राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।