नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) ले भाद्र १३ गते एक बिज्ञप्ती जारी गरी नेपाल कवाड ब्यबसायी संघको जारी आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ ।
काठमाडौं महानगरपालिकाले पछिल्ला केही दिनदेखि शहरलाई व्यवस्थित बनाउने नाममा काठमाडौंमा फुटपाथ व्यापारीहरू र कबाडी संकलकहरूमाथि दुर्व्यवहार र विस्थापन गर्ने कार्य प्रती आपत्ती जनाएको छ ।
बिज्ञप्तीमा शहर व्यवस्थापन जनमुखी र समावेशी बनाउनु पर्छ भन्ने हाम्रो पनि मान्यता रहेको उल्लेख गर्दै "यो सहर धनिहरूको मात्र होइन, गरिबहरूको पनि हो” र सहरको व्यवस्थापन गर्दा सबै वर्गका नागरिकहरूको हक अधिकार र अवसर सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिएको छ ।
