सडक व्यापारमा सङ्लग्न, सडकको पेटीमा बसेर वा हिड्दाहिंड्दै व्यापार गर्ने र सार्वजनिक स्थानमा पसल राखेर आफ्नो जीवन धान्ने श्रमिकहरूको युनियन हो नेपाल स्वरोजगार व्यापार श्रमिक संघ । देशका विभिन्न भागमा भाँडा सफा गर्ने, स्टोभको पीन, वासरदेखि मौसम अनुसारको सागसब्जी फलफुल, खानेकुरा, कपडा, रेडियो–घडी–सीडी, बच्चाहरूको खेलौना जस्ता सामानहरू सडक, बस्ती र हाटहरूमा व्यापार गरी आफ्नो जीविकोपार्जन गर्ने श्रमिकहरूको अधिकार रक्षा गर्न यो युनियनको स्थापना भएको हो । 

स्वरोजगारहरू समेटेको यो युनियनमा नाङ्ला तथा चकटीका आधारमा व्यवसाय गर्नेदेखि निश्चित छानो तथा प्लास्टिक सेडमा बसेर व्यवसाय गर्ने श्रमिकहरू सङ्गठित छन् । हिंडेर टाढा–टाढासम्म घुमन्ते व्यापार गरिरहेका र साइकल, ठेला–गाडा जस्ता सवारीका साधनहरू प्रयोग गरी व्यापार गरिरहेका व्यक्तिहरू पनि यस युनियनका सदस्य बनेका छन् । काठमाडौंमा सडक व्यापारको विविध क्षेत्रमा सङ्लग्न श्रमिकहरू २०५९ पौष २५ गते पहिलो पटक भेला भएका थिए । त्यस भेलाले निर्माण गरेको कमिटीले २०६० जेठ ९ गते नेपाल सडक व्यापार श्रमिक संघ श्रम विभागमा नं. ८७ मा ट्रेड युनियन सङ्घको रूपमा दर्ता गरेको थियो । यसले २०६५ सालमा सम्मेलन गरी नेपाल स्वरोजगार श्रमिक संघ नामाकरण गरेको छ ।

संबद्ध गतिविधिहरू

नेपाल स्वरोजगार ब्यापार श्रमिक यूनियन भिमदत्त नगर कमिटीले कार्यस्थल ब्यवस्थापन गर्न माग

नेपाल स्वरोजगार ब्यापार श्रमिक यूनियन ठेला बजार इकाइ भिमदत्त नगर कमिटीले भिमदत्त नगर पालिकामा कार्यस्थल ब्यवस्थापन सम्बन्धमा ध्यानअकर्षण पत्र बुझाएको छ ।

साउन २० गते बुझाएको ध्यानअकर्षण पत्रमा निर्माण प्रकृया रोकिएको  ठेला बजारको निर्माण प्रकया तुरून्त थालनी गर्नु पर्ने, शोचालयको ब्यवस्थापन, स्वरोजगार श्रमिकहरूको पंजिकरण, नगर प्रहरीध्दार स्वरोजगार श्रमिकहरूको सामान जफत तथा घरपकड बन्द गर्नु पर्ने लगाएतका ९ वटा बिषय उल्लेख गरेको छ । 

नेष्ट सुदूरपश्चिम प्रदेशको नेतृत्व बिकास तालिम सम्पन्न

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भदौ १२ गते भिमदत्त नगरमा एक दिने नेतृत्व बिकास तालिम सम्पन्न भयो । 

केन्द्रिय सचिव खडक बहादुर रोकामगरको अध्यक्षता र जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपसचिव तथा जनसंगठन समन्वय संयोजक नरबहादुर विश्वकर्मा, जिफण्ट प्रदेश कमिटी अध्यक्ष जित बहादुर मल्ल, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त लगायत नेताहरूको सहभागिता रहेको थियो  ।
 

नेष्ट कोशी प्रदेशमा नेतृत्व विकास तालिम सम्पन्न

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) कोशी प्रदेश कमिटीको आयोजनामा १ दिने “नेतृत्व विकास तालिम” कार्यक्रम भाद्र २२ गते विराटनगर मा सम्पन्न भयो । 

नेष्ट कोशी प्रदेश अध्यक्ष तिलक बहादुर थापाको अध्यक्षतामा सचिव नयेन्द्र विष्टले सञ्चालन गर्नु भएको सो तालिममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले संगठनमा नेतृत्व विकास, संगठन निर्माण र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका समसामयिक विषयको वारेमा प्रशिक्षण दिनु भएको थियो ।

तालिम कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुमन पराजुली र नेष्ट केन्द्रीय सदस्य सावित्रा खडकाको उपस्थिति रहेको थियो ।

नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) को ४० औँ केन्द्रिय कमिटीको बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको ४० औँ केन्द्रिय कमिटीको बैठक भाद्र २८ गते जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा सम्पन्न भयो ।

केन्द्रिय अध्यक्ष माया गुरूङको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले  बैठकलार्इ सम्बोधन गर्नु हुंदै जिफन्टको संरचना र यूनियन बिच समन्वय, संगठन परिचालनमा देखा परेका समस्याहरू र नेतृत्वले के के गर्नु पर्थो के गर्न सकेन भन्ने बारेमा मसिनो ढंगबाट बैठकमा समीक्षा गर्नु पर्ने बताउनु हुँदै त्यसका आधारमा आगामी कार्यक्रम तय गर्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष श्रेष्ठले  यस क्षेत्रमा बजार व्यवस्थापन, युनियनका कार्यकर्ताहरूको समस्या सामाधान र यूवा र महिलाहरूको नेतृत्व बिकास तथा सदस्यता बिस्तारकालागी युनियन आफैले र जिफन्टले के के गर्नु पर्छ भन्ने बारेमा बैठकमा छलफल गर्नु पर्ने बताउनु हुँदै बैठक सफलताको शुभकामना दिनु भएको बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिब लक्ष्मण शर्माको उपस्थिती रहेको थियो ।
कार्यक्रमको फोटो हेर्न लिंकमा क्लिक गर्नुहोला https://www.facebook.com/media/set/?set=a.122117877932435116&type=3

नेष्टको बागमती प्रदेश स्तरीय नेतृत्व विकास कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ नेष्ट बागमती प्रदेश कमिटीको आयोजनामा भाद्र २९ गते जिफन्ट ट्रेड युनियन स्कुल अनामनगरमा नेतृत्व विकास कार्यक्रम सम्पन्न भयो ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नु हुँदै जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले प्रशिक्षणमा सिकेका बिषयहरूलार्इ व्यवहारिक रूपमा लागु गर्न सके मात्र प्रशिक्षण सफल हुने भन्नु हुँदै सहभागीलार्इ सिकेका विषयहरू आ–आफ्नो कार्य क्षेत्रमा लागु गर्न अनुरोध गर्नु हुँदै कार्यक्रमको सफलताको कामना गर्नु भयो । 

जिफन्ट उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख बिदुर कार्कीले संगठन कला, स्वरोजगार क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध लगायतका विषयमा प्रशिक्षण दिनु भएको सो कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्मा, श्रम सम्बन्ध विभाग प्रमुख कृष्ण केसी उपस्थित हुनु भएको थियो । 

कार्यक्रमको फोटोकोलागी लिंकमा क्लिक गर्नु ।

 https://www.facebook.com/media/set/?set=a.122117877932435116&type=3

नेष्ट को पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा शिव चरण ताजपुरिया निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनियन नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) को पुस १७ गते सम्पन्न पथरी शनिश्चरे नगर कमिटीको छैठौं अधिबेशनले शिव चरण ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी चयन गरेको छ । 

नेष्टका केन्द्रीय सदस्य सावित्रा खड्काको प्रमूख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय सल्लाहकार कमिटीको उप- प्रमूख कृष्णप्रसाद घिमिरे र जिफण्ट कोशी प्रदेश कमिटी सदस्य नयेन्द्र बहादुर विष्ट को उपस्थित रहेको थियो ।