सडक व्यापारमा सङ्लग्न, सडकको पेटीमा बसेर वा हिड्दाहिंड्दै व्यापार गर्ने र सार्वजनिक स्थानमा पसल राखेर आफ्नो जीवन धान्ने श्रमिकहरूको युनियन हो नेपाल स्वरोजगार व्यापार श्रमिक संघ । देशका विभिन्न भागमा भाँडा सफा गर्ने, स्टोभको पीन, वासरदेखि मौसम अनुसारको सागसब्जी फलफुल, खानेकुरा, कपडा, रेडियो–घडी–सीडी, बच्चाहरूको खेलौना जस्ता सामानहरू सडक, बस्ती र हाटहरूमा व्यापार गरी आफ्नो जीविकोपार्जन गर्ने श्रमिकहरूको अधिकार रक्षा गर्न यो युनियनको स्थापना भएको हो । 

स्वरोजगारहरू समेटेको यो युनियनमा नाङ्ला तथा चकटीका आधारमा व्यवसाय गर्नेदेखि निश्चित छानो तथा प्लास्टिक सेडमा बसेर व्यवसाय गर्ने श्रमिकहरू सङ्गठित छन् । हिंडेर टाढा–टाढासम्म घुमन्ते व्यापार गरिरहेका र साइकल, ठेला–गाडा जस्ता सवारीका साधनहरू प्रयोग गरी व्यापार गरिरहेका व्यक्तिहरू पनि यस युनियनका सदस्य बनेका छन् । काठमाडौंमा सडक व्यापारको विविध क्षेत्रमा सङ्लग्न श्रमिकहरू २०५९ पौष २५ गते पहिलो पटक भेला भएका थिए । त्यस भेलाले निर्माण गरेको कमिटीले २०६० जेठ ९ गते नेपाल सडक व्यापार श्रमिक संघ श्रम विभागमा नं. ८७ मा ट्रेड युनियन सङ्घको रूपमा दर्ता गरेको थियो । यसले २०६५ सालमा सम्मेलन गरी नेपाल स्वरोजगार श्रमिक संघ नामाकरण गरेको छ ।

संबद्ध गतिविधिहरू

समय र परीस्थीतीको आधारमा आन्दोलनलाइ बिकास र बिस्तार गर्न जरूरीः अध्यक्ष विनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध 'नेपाल स्वरोजगार व्यापार संघ (नेष्ट) को २३ औं स्थापना दिवश पुस २५ गते देशभर बिविध कार्यक्रम गरी भव्यताको साथ मनायको छ । 

काठमाण्डैमा केन्द्रीय कार्यालयको आयोजनामा जिफन्ट सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी विनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना दिनु हुंदै युनियनको संघर्षशिल परम्परालाई कायम राख्दै यो युनियनले निरन्तर आन्दोलन गरेकै कारण राष्ट्रिय अन्तराष्ट्रिय रूपमा पहुच बढाउन सफल भएको बताउनु भयो । 

युनियन आन्दोलनले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै स्वरोजगार श्रमिक‌का लागि सामाजिक सुरक्षामा सहभागीता र यस क्षेत्रका समस्याहरूलाइ समाधान गर्न योजनावद्ध आन्दोलन जरूरी रहेकोमा जोड दिनु हुदै यो युनियनलाइ यस परिस्थिति सम्म आइपुग्न युनियनका संस्थापकहरूको ठूलो योगदान रहेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले देशमा राजनैती परीवर्तन भए पनि श्रमिकहरूको अवस्था परीवर्तन नभएको र सत्ता जुन राजनैतीक पार्टीले संचालन गरे पनि उही हो भन्ने भाष्य निर्माण गरी बर्षैंदेखी लडेर प्राप्त गरेका श्रमिक अधिकारलाइ समेत कुण्ठित गर्ने प्रबृती बिकास भएको भन्नु हुदै प्राप्त अधिकारलाइ सदुपयोग गर्दै बांकी अधिकार प्राप्तीको दिशामा अगाडी बढ्न हरेक श्रमिकलाइ  राजनैतीक रूपमा प्रशिक्षित गरी देशको राजनीतीमा ट्रेड युनियनबाट हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा ब्यक्त गर्नु भयो । 

नेपालको ट्रेड युनियन आन्दोलन पराम्परागत रूपमा अगाडी बढ्न नसक्ने भन्नु हुदै समय र परीस्थीतीको आधारमा आन्दोलनलाइ बिकास र बिस्तार गर्न जरूरी रहेको भन्नुहुदै अध्यक्ष श्रेष्ठले यस्कालागी पुस १ गते देखी जिफन्ट कायाकल्पकालागि अभियान २०८१ संचालन गरेको बताउनु भयो । 

कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले बलियो संगठन बिना अधिकार स्थापित गर्न नसकिने हुँदा वलियो युनियनकालागि कार्यक्षेत्रको फैलावत संगै सदस्यता विस्तार जरुरी भएको भन्नु हुदै बलियो संगठन निर्माणकालागी स्थापना दिवसले थप प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भयो । 

नेष्ट अध्यक्ष माया गुरूङले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुंदै नेष्टको इतिहास र बर्तमान अवस्थाको बारेमा प्रकाश पार्दै "सुनिश्चित कार्यस्थल, मर्यादित रोजगार, सामाजिक सुरक्षा हाम्रो अधिकार नेष्टको मुल नारा रहेको बताउनु भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेष्ट महासचिब राजकुमार श्रेष्ठले सचालन, उपाध्यक्ष भवानि शर्माले स्वागत मन्तब्य राख्नु भएको गर्नु भएको सो कार्यक्रममा बिगत काठमाण्डो महानगर पालिकाका नगर प्रहरीद्वारा घाइते हुन भएका नेष्टका ७ जना सदस्यहरूलाइ अध्यक्ष श्रेष्ठबाट सम्मान समेत गरेको थियो ।

 

त्यसैगरी कोशी प्रदेशको मोरङमा, मदेश प्रदेशको लालबन्दीमा, बागमती प्रदेशको काठमाडौँ र मकवानपुरमा, गण्डकी प्रदेशको तनहुँमा, लुम्बिनी प्रदेशको बर्दियामा र सुदुरपस्चिमको कञ्चनपुरमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
 

थप फोटोकालागी लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122135235182435116&type=3
 

नेष्ट काठमाडौँ महानगर २२ नम्बर वडाको अध्यक्षमा प्रेम कोइराला

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) काठमाडौँ महानगर पालिका २२ नम्बर वडा कमिटीको फागुण २१ गते सम्पन्न ९ औ अधिवेशनले प्रेम कोईरालाको अध्यक्षतामा ९ सदस्यीय कमिटी र माया गुरुङको अध्यक्षतामा ७ सदस्य महिला कमिटी निर्वाचित गरेको छ  ।


 

नेष्ट गोकण्श्वर ६ नं वडाको अध्यक्षमा दिनेश राउत

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नष्ट) गोकण्श्वर नगरपालिका ६ नं वडा कमिटीको फागुण २५ गते सम्पन्न छैटौं अधिवेशनले दिनेश राउतको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी र राधिका खतिवडाको अध्यक्षतामा ७ सदस्यीय महिला कमिटी निर्वाचित गरेको छ । 
 

नेष्ट कोसी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नष्ट) कोसी प्रदेश कमिटीको फागुन २८ गते मोरङ जिल्लाको पथरीमा सम्पन्न दोस्रो अधिवेशनले नयेन्द्र बहादुर विष्टको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । 
नष्ट केन्द्रीय अध्यक्ष माया गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनले र कमला निरोलाको अध्यक्षतामा ५ सदस्यीय प्रदेश महिला कमिटी समेत चयन गरेको नेष्टका कोसी प्रदेश इन्चार्ज सावित्रा खड्काले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो । 
 

नेष्टद्धारा भिमदत्तनगर ठेला बजार इकाई र भिमदत्त नगर कमिटीको अधिवेशन सम्पन्न

नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट)ले कंचनपुर जिल्लाको भिमदत्तनगर ठेला बजार इकाई कमिटीको तेस्रो अधिवेशन चैत्र ८ गते सम्पन्न गरेको छ।

अधिवेशनले वीर सिंह धामीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

त्यसैगरी चैत्र १० गते सम्पन्न नेष्ट भिमदत्त नगर कमिटीको तेस्रो अधिवेशनले कृति बहादुर शाहीको अध्यक्षतामा ७ सदस्यीय र उर्मिला नेपालीको अध्यक्षतामा ३ सदस्य महिला कमिटी निर्वाचित गरेको छ ।
 

नेष्ट पथरी शनिश्चरे नगर कमिटीले तीज मनायो

जिफण्ट आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा साउन २८ गते तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम केन्द्रीय सदस्य एवं कोशी प्रदेश ईन्चार्ज सावित्रा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।