नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) को २४ ओैं स्थापना दिवस पुस २५ गते जिफन्ट सभाहलमा सम्पन्न भयो ।
२४ ओैं स्थापना दिवसको शुभकामना दिनु हुंदै कार्यक्रमका प्रमुख अतिथ् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वरोजगार श्रमिकहरूको ब्यवसायलाइ मर्यादित र ब्यवस्थीत बनाउन नेष्टले योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
नेष्ट अध्यक्ष माया गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अवद्ध युनियनको तर्फबाट जुगकाटेमयु अध्यक्ष फुलमाया लामा, जिफन्ट बागमती प्रदेश कमिटीबाट अध्यक्ष रामहरी नेपालले स्थापना दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेष्ट महासचिब राजकुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा सदस्य नवराज पण्डितले स्वागत मन्तव्य राख्नु भएको थियो ।