समय र परीस्थीतीको आधारमा आन्दोलनलाइ बिकास र बिस्तार गर्न जरूरीः अध्यक्ष विनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध 'नेपाल स्वरोजगार व्यापार संघ (नेष्ट) को २३ औं स्थापना दिवश पुस २५ गते देशभर बिविध कार्यक्रम गरी भव्यताको साथ मनायको छ । 

काठमाण्डैमा केन्द्रीय कार्यालयको आयोजनामा जिफन्ट सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी विनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना दिनु हुंदै युनियनको संघर्षशिल परम्परालाई कायम राख्दै यो युनियनले निरन्तर आन्दोलन गरेकै कारण राष्ट्रिय अन्तराष्ट्रिय रूपमा पहुच बढाउन सफल भएको बताउनु भयो । 

युनियन आन्दोलनले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै स्वरोजगार श्रमिक‌का लागि सामाजिक सुरक्षामा सहभागीता र यस क्षेत्रका समस्याहरूलाइ समाधान गर्न योजनावद्ध आन्दोलन जरूरी रहेकोमा जोड दिनु हुदै यो युनियनलाइ यस परिस्थिति सम्म आइपुग्न युनियनका संस्थापकहरूको ठूलो योगदान रहेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले देशमा राजनैती परीवर्तन भए पनि श्रमिकहरूको अवस्था परीवर्तन नभएको र सत्ता जुन राजनैतीक पार्टीले संचालन गरे पनि उही हो भन्ने भाष्य निर्माण गरी बर्षैंदेखी लडेर प्राप्त गरेका श्रमिक अधिकारलाइ समेत कुण्ठित गर्ने प्रबृती बिकास भएको भन्नु हुदै प्राप्त अधिकारलाइ सदुपयोग गर्दै बांकी अधिकार प्राप्तीको दिशामा अगाडी बढ्न हरेक श्रमिकलाइ  राजनैतीक रूपमा प्रशिक्षित गरी देशको राजनीतीमा ट्रेड युनियनबाट हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा ब्यक्त गर्नु भयो । 

नेपालको ट्रेड युनियन आन्दोलन पराम्परागत रूपमा अगाडी बढ्न नसक्ने भन्नु हुदै समय र परीस्थीतीको आधारमा आन्दोलनलाइ बिकास र बिस्तार गर्न जरूरी रहेको भन्नुहुदै अध्यक्ष श्रेष्ठले यस्कालागी पुस १ गते देखी जिफन्ट कायाकल्पकालागि अभियान २०८१ संचालन गरेको बताउनु भयो । 

कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले बलियो संगठन बिना अधिकार स्थापित गर्न नसकिने हुँदा वलियो युनियनकालागि कार्यक्षेत्रको फैलावत संगै सदस्यता विस्तार जरुरी भएको भन्नु हुदै बलियो संगठन निर्माणकालागी स्थापना दिवसले थप प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भयो । 

नेष्ट अध्यक्ष माया गुरूङले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुंदै नेष्टको इतिहास र बर्तमान अवस्थाको बारेमा प्रकाश पार्दै "सुनिश्चित कार्यस्थल, मर्यादित रोजगार, सामाजिक सुरक्षा हाम्रो अधिकार नेष्टको मुल नारा रहेको बताउनु भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेष्ट महासचिब राजकुमार श्रेष्ठले सचालन, उपाध्यक्ष भवानि शर्माले स्वागत मन्तब्य राख्नु भएको गर्नु भएको सो कार्यक्रममा बिगत काठमाण्डो महानगर पालिकाका नगर प्रहरीद्वारा घाइते हुन भएका नेष्टका ७ जना सदस्यहरूलाइ अध्यक्ष श्रेष्ठबाट सम्मान समेत गरेको थियो ।

 

त्यसैगरी कोशी प्रदेशको मोरङमा, मदेश प्रदेशको लालबन्दीमा, बागमती प्रदेशको काठमाडौँ र मकवानपुरमा, गण्डकी प्रदेशको तनहुँमा, लुम्बिनी प्रदेशको बर्दियामा र सुदुरपस्चिमको कञ्चनपुरमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
 

थप फोटोकालागी लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122135235182435116&type=3