ट्रेड युनियन राख्न माग गर्दै निजामती कर्मचारीहरूले घेरे राज्य व्यवस्था तथा सुशासन समिति
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा बैशाख २ गते कर्णाली प्रदेश मुख्य मन्त्री यमलाल कडेल र बैशाख ३ गते कर्णाली प्रदेश सामाजिक विकास मन्त्री धनस्याम भण्डारी समक्ष मागपत्र बुझाइएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेविका संघ केन्द्रीय सदस्य भिमु रिजालको नेतृत्वमा जिफन्ट नगर कमिटी अध्यक्ष बिना कुमारी हमाल लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मुख्य मन्त्रीले आगामी दिनमा प्रदेश सरकारले सम्बोधन गर्ने बताउनु भयो ।