नेपाल स्वतन्त्र सफाई मजदुर युनियनको स्थापना २०४७ असार १ गते भएको हो । २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनमा सङ्गठित सफार्ई मजदुरहरूको सफार्ई मजदुर प्रारम्भिक कमिटीले काठमाडौं नगर पञ्चायतमा आफ्ना समस्यालाई लिएर १५ सूत्रीय माग पेश गरी हडताल गरयो । यो आन्दोलन नै सफार्ई मजदुरहरूको सबैभन्दा पहिलो सङ्गठित आन्दोलन थियो । प्रशासनको दमनको बाबजुद पनि त्यस आन्दोलनले धेरै मागहरू पूरा गराउन सफल भएको थियो । यस आन्दोलनबाट काठमाडौं नगरपञ्चायतमा ज्यालादारी मात्र हुन सक्ने कुचीकारहरूले स्थायी नियुक्ति पाएका थिए । कुचीकारहरू आपैmले व्यवस्था गर्दै आएको च्वाफि र खर्पन नगरपञ्चायतले व्यवस्था गर्ने तथा पोशाक र औषधिको व्यवस्थाका साथै नाइकेले थप भत्ता पाउने व्यवस्था भयो । यो सफाइ मजदुरहरूको ठूलो सफलता थियो । 

नेस्वमयुमा सङ्गठित हुन थालेको १० बर्षपछि २०४७ असार १ गते नेपाल स्वतन्त्र सफाइ मजदुर युनियन छुट्टै राष्ट्रिय ट्रेड युनियन संघको रूपमा स्थापना भयो ।
 
काठमाडौं उपत्यकाका सफाइ मजदुरहरुलाई समेटेर बनेको यो युनियन सुरुमा लामो समयसम्म उपत्यकामा नै सीमित रह्यो । २०४७ सालको जनआन्दोलन पछि देशका विभिन्न भागमा यसको कार्यक्षेत्र पनि बिस्तार हुन थाल्यो । यो युनियन हाल पूर्वको झापादेखि पश्चिमको बुटवलसम्म फैलिएको छ । यस युनियनको २०७० सालमा भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट सफाइ क्षेत्रमा कार्यरत सबै श्रमिकहरुलाई समेट्ने उद्देश्यले यस युनियनको नाम नेपाल सफाइ कर्मचारी युनियन राखियो । देशभर फैलिएका सबै नगरपालिका र अन्य बस्ती, कार्यालय, अस्पताल आदि ठाउँमा सफार्ई काम गर्ने र फोहर सङ्कलन गर्ने श्रमिकहरू नै यस युनियनको कार्य क्षेत्रभित्र पर्छन् । 

स्थापनाको समयदेखि नै राष्ट्रिय स्तरमा जिफन्टसँग आबद्ध रहँदै आएको यो युनियन २०६० साल भदौबाट अन्तर्राष्ट्रिय ट्रेड युनियन संघ आइसिइएममा आबद्ध भएको थियो । आइसीइएमको विघटन भई इण्डस्ट्रीअल बनेपछि यो युनियन इण्डस्ट्रीअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

सफाइ क्षेत्रमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ १ गते सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूकालागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । 

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा दिइएको प्रशिक्षण कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो । 

कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ ५ गते  काठमाण्डो महानगर पालीकामा र भाद्र ८ गते किर्तिपुर नगर पालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । 

कार्यक्रममा जिफन्ट सचिब स्मृती लामा, नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो । 

सुर्यबिनायक नगर पालिकाका सफाइ मजदुरलाइ लैङ्गीक हिंसा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ ९ गते  भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । 

जिफन्ट नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियनका पुर्ब अध्यक्ष मदन देउलाले सफाइ क्षेत्रको कामलाइ मर्यादित बनाउन यस क्षेत्रका श्रमिकहरू सचेत र संगठीत हुनु पर्नेमा जोड दिनु भएको थियो । 
 

नेपाल सफाइ कर्मचारी युनियनद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २५ गते काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा छुट्टाछुट्टै भएको कार्यक्रममा अनौपचारिक क्षेत्र क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षाको वर्तमान अवस्था तथा यसका चुनौतीहरू, स्थानिय तहमा श्रम डेस्कको स्थापना तथा श्रमिक पञ्जिकरण र श्रम कानूनको प्रभावकारी कार्यान्वयन लगायतका बिषयमा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, पुर्वअध्यक्ष मदन देउला र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले प्रकाश पार्नु भएको  थियो ।

अन्तरकृया कार्यक्रममा काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरूको सहभागीता रहेको थियो ।


किर्तिपुर र महालक्ष्मी पालीकामा सरसफाई श्रमिकहरू बिच अन्तरकृया सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २७ गते योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

किर्तिपुर र महालक्ष्मी नगर पालीकामा सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरू सहभागी रहेको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाको वर्तमान अवस्था तथा यसका चुनौतीहरू, स्थानिय तहमा श्रम डेस्कको स्थापना तथा श्रमिक पञ्जिकरण र श्रम कानूनको प्रभावकारी कार्यान्वयन लगायतका बिषयमा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले प्रकाश पार्नु भएको  थियो ।

सरसफाइ क्षेत्रका श्रमिकहरूलाइ ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २८ गते भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालीकामा र असोज २९ गते ललितपुर जिल्लाको माहालक्ष्मी नगरपालिकामा ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धमा १ दिने तालिम संचालन गरेको छ । 

सुर्यबिनायक र महालक्षमी नगर पालिकामा कार्यरत सरसफाइ क्षेत्रका श्रमिकहरूको सहभागिता रहेको तालिम कार्यक्रममा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरे र जुनु मिश्रले तालिम दिनु भएको  थियो ।