आगजनीले ध्वस्त यातायात विभाग : लाइसेन्स र सवारीसाधनको डेटा सुरक्षित छ ?
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २७ गते योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
किर्तिपुर र महालक्ष्मी नगर पालीकामा सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरू सहभागी रहेको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाको वर्तमान अवस्था तथा यसका चुनौतीहरू, स्थानिय तहमा श्रम डेस्कको स्थापना तथा श्रमिक पञ्जिकरण र श्रम कानूनको प्रभावकारी कार्यान्वयन लगायतका बिषयमा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले प्रकाश पार्नु भएको थियो ।