नेपाल स्वतन्त्र सफाई मजदुर युनियनको स्थापना २०४७ असार १ गते भएको हो । २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनमा सङ्गठित सफार्ई मजदुरहरूको सफार्ई मजदुर प्रारम्भिक कमिटीले काठमाडौं नगर पञ्चायतमा आफ्ना समस्यालाई लिएर १५ सूत्रीय माग पेश गरी हडताल गरयो । यो आन्दोलन नै सफार्ई मजदुरहरूको सबैभन्दा पहिलो सङ्गठित आन्दोलन थियो । प्रशासनको दमनको बाबजुद पनि त्यस आन्दोलनले धेरै मागहरू पूरा गराउन सफल भएको थियो । यस आन्दोलनबाट काठमाडौं नगरपञ्चायतमा ज्यालादारी मात्र हुन सक्ने कुचीकारहरूले स्थायी नियुक्ति पाएका थिए । कुचीकारहरू आपैmले व्यवस्था गर्दै आएको च्वाफि र खर्पन नगरपञ्चायतले व्यवस्था गर्ने तथा पोशाक र औषधिको व्यवस्थाका साथै नाइकेले थप भत्ता पाउने व्यवस्था भयो । यो सफाइ मजदुरहरूको ठूलो सफलता थियो । 

नेस्वमयुमा सङ्गठित हुन थालेको १० बर्षपछि २०४७ असार १ गते नेपाल स्वतन्त्र सफाइ मजदुर युनियन छुट्टै राष्ट्रिय ट्रेड युनियन संघको रूपमा स्थापना भयो ।
 
काठमाडौं उपत्यकाका सफाइ मजदुरहरुलाई समेटेर बनेको यो युनियन सुरुमा लामो समयसम्म उपत्यकामा नै सीमित रह्यो । २०४७ सालको जनआन्दोलन पछि देशका विभिन्न भागमा यसको कार्यक्षेत्र पनि बिस्तार हुन थाल्यो । यो युनियन हाल पूर्वको झापादेखि पश्चिमको बुटवलसम्म फैलिएको छ । यस युनियनको २०७० सालमा भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट सफाइ क्षेत्रमा कार्यरत सबै श्रमिकहरुलाई समेट्ने उद्देश्यले यस युनियनको नाम नेपाल सफाइ कर्मचारी युनियन राखियो । देशभर फैलिएका सबै नगरपालिका र अन्य बस्ती, कार्यालय, अस्पताल आदि ठाउँमा सफार्ई काम गर्ने र फोहर सङ्कलन गर्ने श्रमिकहरू नै यस युनियनको कार्य क्षेत्रभित्र पर्छन् । 

स्थापनाको समयदेखि नै राष्ट्रिय स्तरमा जिफन्टसँग आबद्ध रहँदै आएको यो युनियन २०६० साल भदौबाट अन्तर्राष्ट्रिय ट्रेड युनियन संघ आइसिइएममा आबद्ध भएको थियो । आइसीइएमको विघटन भई इण्डस्ट्रीअल बनेपछि यो युनियन इण्डस्ट्रीअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

सरसफाइ क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूलाई क्षमता विकास तालिम

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा महिला क्षमता विकास तालिम सम्पन्न गरेको छ । 

कार्तिक ९ र १० गते अनामनगरस्थित जिफन्ट स्कुलमा सञ्चालन भएको सो तालिममा संगठन निर्माण, विस्तार र परिचालन, नेतृत्व विकास तथा यसको महत्त्व, श्रम कानुन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, र सामूहिक सौदाबाजी विषयमा सहभागीहरूलाई तालिम दिएको थियो । 

सरसफाइ क्षेत्रमा कार्यरत महिला श्रमिकहरू सहभागी रहेको कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, श्रम सम्बन्ध परिषद् सदस्य अधिवक्ता भक्ति घिमिरे लगायतले तालिम दिनु भएको थियो ।


 

सरसफाइ क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूलाई क्षमता विकास तालिम

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा २ दिने महिला क्षमता बिकास तालिम सम्पन्न गरेको छ । 

कार्तिक ११ र १२ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा संचालन भएको तालिम कार्यक्रममा काठमाण्डौ महानगर र किर्तिपुर नगर पालिकामा सफाइ क्षेत्रमा कार्यरत महिला श्रमिकहरू सहभागि रहनु भएको छ । 

सफाइ क्षेत्रमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावीधिक तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा कार्तिक १४ गते ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावीधिक तालिम सम्पन्न गरेको छ । 

किर्तिपुर नगरपालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरू सहभागि रहेको तालिम कार्यक्रममा पूर्व वडा अध्यक्ष हर्ष महर्जनले फोहर ब्यवस्थापनमा देखिएका समस्या र श्रमिकहरूको सुरक्षाका बारेमा र
कार्यक्रम संयोजक शंकर घिमिरेले ब्यवसायजन्य रोग र सुरक्षा उपाएका बारेमा तालिम दिनु भएको थियो । 

बीपी प्रतिष्ठानका सफाई मजदुरको भेला, श्रम अधिकार कार्यान्वयनमा जोड

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाई कर्मचारी युनियनले जेठ २५ गते बीवी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाईको काम गर्ने श्रमिकहरुको भेला सम्पन्न गरेको छ । 

नेपाल सफाई कर्मचारी युनियन घोपा इकाई धरानको आयोजनामा भएको भेलामा आउटसोर्सिङ मार्फत वर्षौदेखि प्रतिष्ठानमा कार्यरत सफाई मजदुरहरुले श्रम ऐन अनुसारको विदा लगायतका सेवा सुविधा नपाएको गुनासो गरेको छ । 

भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक कसैले उलंघन नगर्न नमिल्ने भन्नु हुंदै संवाद मार्फत ऐन अनुसारका सेवा सुविधाहरु व्यवस्थापकले उपलब्ध नगराए कानुनी उपचारको अधिकारको हकलाई उपयोग गर्न जिफन्ट बाध्यहुने बताउनुभयो । 

त्यसैगरी नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्रांतीले यस विषयमा व्यवस्थापकसंग संवाद गछौं, समस्याको समाधान नभए ऐनले व्यवस्था गरेको कानुनी लडाईको बाटोबाट अघि बढ्नुको बिकल्प नरहेको बताउनु भएको छ ।