नेपाल सफाइ कर्मचारी युनियनद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २५ गते काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा छुट्टाछुट्टै भएको कार्यक्रममा अनौपचारिक क्षेत्र क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षाको वर्तमान अवस्था तथा यसका चुनौतीहरू, स्थानिय तहमा श्रम डेस्कको स्थापना तथा श्रमिक पञ्जिकरण र श्रम कानूनको प्रभावकारी कार्यान्वयन लगायतका बिषयमा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, पुर्वअध्यक्ष मदन देउला र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले प्रकाश पार्नु भएको  थियो ।

अन्तरकृया कार्यक्रममा काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरूको सहभागीता रहेको थियो ।


संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम