नेपाल स्वतन्त्र सफाई मजदुर युनियनको स्थापना २०४७ असार १ गते भएको हो । २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनमा सङ्गठित सफार्ई मजदुरहरूको सफार्ई मजदुर प्रारम्भिक कमिटीले काठमाडौं नगर पञ्चायतमा आफ्ना समस्यालाई लिएर १५ सूत्रीय माग पेश गरी हडताल गरयो । यो आन्दोलन नै सफार्ई मजदुरहरूको सबैभन्दा पहिलो सङ्गठित आन्दोलन थियो । प्रशासनको दमनको बाबजुद पनि त्यस आन्दोलनले धेरै मागहरू पूरा गराउन सफल भएको थियो । यस आन्दोलनबाट काठमाडौं नगरपञ्चायतमा ज्यालादारी मात्र हुन सक्ने कुचीकारहरूले स्थायी नियुक्ति पाएका थिए । कुचीकारहरू आपैmले व्यवस्था गर्दै आएको च्वाफि र खर्पन नगरपञ्चायतले व्यवस्था गर्ने तथा पोशाक र औषधिको व्यवस्थाका साथै नाइकेले थप भत्ता पाउने व्यवस्था भयो । यो सफाइ मजदुरहरूको ठूलो सफलता थियो । 

नेस्वमयुमा सङ्गठित हुन थालेको १० बर्षपछि २०४७ असार १ गते नेपाल स्वतन्त्र सफाइ मजदुर युनियन छुट्टै राष्ट्रिय ट्रेड युनियन संघको रूपमा स्थापना भयो ।
 
काठमाडौं उपत्यकाका सफाइ मजदुरहरुलाई समेटेर बनेको यो युनियन सुरुमा लामो समयसम्म उपत्यकामा नै सीमित रह्यो । २०४७ सालको जनआन्दोलन पछि देशका विभिन्न भागमा यसको कार्यक्षेत्र पनि बिस्तार हुन थाल्यो । यो युनियन हाल पूर्वको झापादेखि पश्चिमको बुटवलसम्म फैलिएको छ । यस युनियनको २०७० सालमा भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट सफाइ क्षेत्रमा कार्यरत सबै श्रमिकहरुलाई समेट्ने उद्देश्यले यस युनियनको नाम नेपाल सफाइ कर्मचारी युनियन राखियो । देशभर फैलिएका सबै नगरपालिका र अन्य बस्ती, कार्यालय, अस्पताल आदि ठाउँमा सफार्ई काम गर्ने र फोहर सङ्कलन गर्ने श्रमिकहरू नै यस युनियनको कार्य क्षेत्रभित्र पर्छन् । 

स्थापनाको समयदेखि नै राष्ट्रिय स्तरमा जिफन्टसँग आबद्ध रहँदै आएको यो युनियन २०६० साल भदौबाट अन्तर्राष्ट्रिय ट्रेड युनियन संघ आइसिइएममा आबद्ध भएको थियो । आइसीइएमको विघटन भई इण्डस्ट्रीअल बनेपछि यो युनियन इण्डस्ट्रीअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

आउट सोर्सिङबाट कर्मचारी भर्नागर्ने प्रवृत्तिबाट सफाइ क्षेत्रका श्रमिकहरू मर्कामा

नेपाल सफाई कर्मचारी युनियनले ३३ औं वर्ष पुरा गरेको छ । यस अवसरमा असार १ गते यूनियनले पशुपतिनाथ मन्दिर परिसरमा श्रमिक भेला र सरसफाइ कार्यक्रम आयोजना गर्‌यो ।  

श्रमिक भेलालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले युनियनमा आवद्ध सबै श्रमिकहरूलाई ३४ औं स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले सफाइ यूनियनको स्थापना पछी यस क्षेत्रका श्रमिकहरूले थुप्रै उपलब्धी हासिल गरेको स्मरण गर्दै हाल आउट सोर्सिङबाट कर्मचारी भर्नागर्ने प्रवृत्तिबाट सफाइ क्षेत्रका श्रमिकहरू मर्कामा परेको बताउनु हुंदै जिफन्टले स्थानीय तहसम्मका संरचनालाई चलायमान बनाउँदै सफाई लगायत सबै क्षेत्रका समस्या समाधानमा दृढ रहेको बताउनु भयो । 

युनियनका अध्यक्ष मोहन नेपालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ र हुन केन्द्रीय महासचिब चन्द्र सागर लामाले शुभकामना व्यक्त गर्नुभयो । 

 

अध्यक्ष श्रेष्ठले सफाइ यूनियनको स्थापना पछी यस क्षेत्रका श्रमिकहरूले थुप्रै उपलब्धी हासिल गरेको स्मरण गर्दै हाल आउट सोर्सिङबाट कर्मचारी भर्ना गर्ने प्रवृत्तिबाट सफाइ क्षेत्रका श्रमिकहरू मर्कामा परेको बताउनु हुंदै जिफन्टले स्थानीय तहसम्मका संरचनालाई चलायमान बनाउँदै सफाई लगायत सबै क्षेत्रका समस्या समाधानमा दृढ रहेको बताउनु भयो । 

युनियनका अध्यक्ष मोहन नेपालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ र हुन केन्द्रीय महासचिब चन्द्र सागर लामाले शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रम यूनियनका महासचिब र्इश्वर दवाढीले संचालन गर्नु भएको थियो भने स्वागत यूनियनका सचिब  र्इन्दिरा अचार्यले गर्नु भएको हो ।

सफाइ श्रमिकहरूको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अयोजनामा टोखा नगरपालिकामा कार्यरत सफाइ र सफाइ बर्गिकरण गर्ने काममा संलन श्रमिकहरूको भेला असार १३ गते सम्पन्न भएको छ ।

नेपाल सफाइ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा सम्पन्न सो भेलामा जिफन्ट उपाध्यक्ष विदुर कार्किले सफाइ क्षेत्रका श्रमिक र तीनिहरूले भोगि रहेको समस्या बारे प्रकाश पार्नु हुदै जिफन्टले सफाइ श्रमिकहरूको हक हित र अधिकारको बारेमा गरेका प्रयासहरूको बारेमा बताउनु भएको थियो 

आइएलोको परिचय दिनु हुदै अइएललो परियोजना अधिकृत छिरिङ डोल्मा शेर्पाले यो क्षेत्रका श्रमिकको लागि गरिएका गतिविधि बारेमा बताउनु भएको थियो । रोजगारदाताको तर्फबाट गणेश दाहालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल गृह श्रमिक युनियनका महासचिव ज्ञानु केसि, जिफन्ट परियोजना अधिकृत शंकर घिमिरे र श्रमिक आपूर्तिकर्ता संगम लामाले गर्नु भएको थियो ।

सफाइ श्रमिकहरू संग सहभागितामुक वस्तु स्थिति विश्लेशन कार्यशाला सम्पन्न

नेपाल टेड युनियन महासंघ को अयोजनामा काठमाण्डध् महानगर पालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वर्गिकरणका सफाइ श्रमिकहरू संग सहभागितामुक वस्तु स्थिति विश्लेशन कार्यशाला र भेला असार २२ गते सम्पन्न भएको छ । 

नेपाल सफाइ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा सम्पन्न सो भेलामा जिफन्ट उपाध्यक्ष विदुर कार्किले कार्यक्रमो उध्देश्यबारे जानकारी गराउनु हुदै यो कायर्केमले सिगो सफाइ क्षेत्रको समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो । 

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल गृह श्रमिक युनियनको महासचिव ज्ञानुमाया केसि र शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो

तार्केश्वर नगरपालिकामा कार्यरत सफाइ श्रमिकको कार्यशाला

जिफन्टको अयोजनामा तार्केश्वर नगरपालिकामा कार्यरत सफाइ र सफाइ वर्गिकरण गर्ने श्रमिकहरू सहभागिता मुलक बस्तु स्थीती बिश्लेषण कार्यशाला तथा सफाइ क्षेत्रका श्रमिकहरूको भेला असार २९ गते सम्पन्न भएको छ । 

नेपाल सफाइ कर्मचारी यूनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्किले कार्यक्रमको उध्देश्यबारे जानकारी गराउनु हुदै यस कार्यक्रमले सफाइ क्षेत्रको समस्या तथा समाधानको लागि मदत मिल्ने बताउनु भयो ।

कार्यक्रमको सहजिकरण गृह श्रमिक युनियनका महासचिव ज्ञानु केसि र शंकर घिमिरेले गर्नु भएको थियो  ।

सरसफाइ श्रमिकहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न

नेपाल टेड युनियन महासंघ जिफन्टले आयोजनामा काठमाण्डो महानगर तथा बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वगिर्करण क्षेत्रका सरसफाइ श्रमिकहरूका लागि आयोजित एक दिने नेतृत्व विकास तथा सांगठानिक सिप तालिमको आयोजना गर्‍यो । 

साउन २६ गते छुटा छुटै आयोजित तालिम कार्यक्रमको सहजिकरण जिफन्टका उपाध्यक्ष विदुर कार्की र घरेलु श्रमिक संघ (हुन) का महासचिव ज्ञानु केसीले गर्नु भएको  तालिमका व्यवस्थापक तथा जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले जानकारी दिनुभयो । 

सफाइ श्रमिकलाइ नेतृत्व विकास तथा सांगठानिक सिप प्रशिक्षण

नेपाल टेड युनियन महासंघ जिफन्टले तारकेश्वर नगरपालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वगिर्करण क्षेत्रका श्रमिकहरूका लागि  एक दिने नेतृत्व विकास तथा सांगठानिक सिप प्रशिक्षणको आयोजना गर्‌यो । 

उक्त प्रशिक्षणको शुभारम्भ गर्नुहुँदै जिफन्ट उपाध्यक्ष विदुर कार्कीले कार्यक्रमको उध्देश्य माथी प्रकाश पार्नु भयो । 

जिफन्ट परियोजना संयोजक शंकर घिमिरेका अनुसार नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) का महासचिव ज्ञानु केसीले सहभागीहरूलाई नेतृत्व विकास र साङ्गठानिक सिप बिकासबारे प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रमको समापन मन्तव्यमा  नेपाल सफार्इ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीले प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा लागूगर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो ।