सफाइ श्रमिकलाइ नेतृत्व विकास तथा सांगठानिक सिप प्रशिक्षण

नेपाल टेड युनियन महासंघ जिफन्टले तारकेश्वर नगरपालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वगिर्करण क्षेत्रका श्रमिकहरूका लागि  एक दिने नेतृत्व विकास तथा सांगठानिक सिप प्रशिक्षणको आयोजना गर्‌यो । 

उक्त प्रशिक्षणको शुभारम्भ गर्नुहुँदै जिफन्ट उपाध्यक्ष विदुर कार्कीले कार्यक्रमको उध्देश्य माथी प्रकाश पार्नु भयो । 

जिफन्ट परियोजना संयोजक शंकर घिमिरेका अनुसार नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) का महासचिव ज्ञानु केसीले सहभागीहरूलाई नेतृत्व विकास र साङ्गठानिक सिप बिकासबारे प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रमको समापन मन्तव्यमा  नेपाल सफार्इ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीले प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा लागूगर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो ।