सरसफाइ श्रमिकहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न

नेपाल टेड युनियन महासंघ जिफन्टले आयोजनामा काठमाण्डो महानगर तथा बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वगिर्करण क्षेत्रका सरसफाइ श्रमिकहरूका लागि आयोजित एक दिने नेतृत्व विकास तथा सांगठानिक सिप तालिमको आयोजना गर्‍यो । 

साउन २६ गते छुटा छुटै आयोजित तालिम कार्यक्रमको सहजिकरण जिफन्टका उपाध्यक्ष विदुर कार्की र घरेलु श्रमिक संघ (हुन) का महासचिव ज्ञानु केसीले गर्नु भएको  तालिमका व्यवस्थापक तथा जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले जानकारी दिनुभयो ।