नेपाल सफाई कर्मचारी युनियनले ३३ औं वर्ष पुरा गरेको छ । यस अवसरमा असार १ गते यूनियनले पशुपतिनाथ मन्दिर परिसरमा श्रमिक भेला र सरसफाइ कार्यक्रम आयोजना गर्यो ।
श्रमिक भेलालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले युनियनमा आवद्ध सबै श्रमिकहरूलाई ३४ औं स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले सफाइ यूनियनको स्थापना पछी यस क्षेत्रका श्रमिकहरूले थुप्रै उपलब्धी हासिल गरेको स्मरण गर्दै हाल आउट सोर्सिङबाट कर्मचारी भर्नागर्ने प्रवृत्तिबाट सफाइ क्षेत्रका श्रमिकहरू मर्कामा परेको बताउनु हुंदै जिफन्टले स्थानीय तहसम्मका संरचनालाई चलायमान बनाउँदै सफाई लगायत सबै क्षेत्रका समस्या समाधानमा दृढ रहेको बताउनु भयो ।
युनियनका अध्यक्ष मोहन नेपालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ र हुन केन्द्रीय महासचिब चन्द्र सागर लामाले शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले सफाइ यूनियनको स्थापना पछी यस क्षेत्रका श्रमिकहरूले थुप्रै उपलब्धी हासिल गरेको स्मरण गर्दै हाल आउट सोर्सिङबाट कर्मचारी भर्ना गर्ने प्रवृत्तिबाट सफाइ क्षेत्रका श्रमिकहरू मर्कामा परेको बताउनु हुंदै जिफन्टले स्थानीय तहसम्मका संरचनालाई चलायमान बनाउँदै सफाई लगायत सबै क्षेत्रका समस्या समाधानमा दृढ रहेको बताउनु भयो ।
युनियनका अध्यक्ष मोहन नेपालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ र हुन केन्द्रीय महासचिब चन्द्र सागर लामाले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम यूनियनका महासचिब र्इश्वर दवाढीले संचालन गर्नु भएको थियो भने स्वागत यूनियनका सचिब र्इन्दिरा अचार्यले गर्नु भएको हो ।