नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशद्धारा चैत्र ७ गते दुर्घटनामा परि घाइते हुनु भएका संगठनका सदस्यहरू वीर बहादुर महत्तालाई ७० हजार ३२०, सन्जु खत्रीलाइ र १८ हजार ५०० र जित बहादुर खत्रीलाई १०हजार नगद स्वास्थ्य लाभको कामना सहित हस्तान्तरण गरेको छ ।
त्यसैगरी सोहिदिन संगठन दाङ जिल्ला कमिटीले संगठनका सदस्य स्व.हरि डाँगीकी श्रीमती बिना डाँगीलाई नगद १ लाख र लुम्बिनीका संस्थापक अध्यक्ष यम के सी लाई चैत्र १० गते संगठन केन्द्रीय सल्लाहकार प्रमुख ध्यान बहादुर राई मार्फत नगद १० हजार उपचार खर्च सहयोग हस्तान्तरण गरेको छ ।