हुनद्वारा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ ६ गते रातोपुल कमिटी अन्तर्गत घरेलु श्रमिक तथा कालीगढ श्रमिकहरूसँग व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्क्रिया कार्यक्रममा श्रमिकहरूको कार्यस्थल सुरक्षा, स्वास्थ्य सचेतना, श्रमिक अधिकार तथा संगठनको आवश्यकता सम्बन्धी छलफल गर्नुका साथै जिफन्ट र हुनको सदयता बितरण तथा नविकरण अभियान समेत सन्चालन गरेको थियो ।