नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) आवद्ध क्युपेक नेपाल सागरनाथ बन बिकास परीयोजना प्रतिष्ठान स्तरको ट्रेड युनियनको पुस २६ गते सम्पन्न चौथो अधिबेशनले सन्तोष शाहको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनमा गत पुस १९ गते ड्युटीमा रहेको अवस्थामा अज्ञात समुहद्वारा हत्या गरेका यूनियनका सदस्य रामेश्वर महत्तो कोइरीको परीवारलाइ युनियन सदस्यहरूबाट ५९ हजार पांच सय, केन्द्रीय कमिटीबाट ५ हजार र परीयोजनाबाट ४ लाख गरी जम्मा ४ लाख ६४ हजार पांच सय रूपया नगद हस्तान्तरण गरेको छ ।
क्युपेक केन्द्रीय उपाध्यक्ष योगेन्द्र कुंवरको प्रमुख अतिथ्यतामा, महासचिब राजेन्द्र बिष्ट लगायतका अतिथिहरूको उपस्थीती रहेको अधिबेशनमा सागरनाथ बन बिकास परीयोजना निवर्तमान र बर्तमान अध्यक्ष र प्रमुखलाई सम्मान समेत गरेको थियो ।