नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन) ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भमा जेठ ३० गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरि (हुन) ले असार १ गते युवा श्रम तथा रोजगार मन्त्रालय सचिव समक्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भमा माग पत्र पेश गरेको छ । हुन अध्यक्ष ज्ञानु केसीको नेतृत्वमा पेश गरेको माग पत्रमा घरेलु तथा केयर श्रमिकहरूको सूचीकरण, प्रस्थानपूर्व अभिमुखीकरण, सुरक्षित आप्रवासन र योगदानमा आधारीत सामाजिक सुरक्षामा सुचिकरण लगायतका विषय समेटिएको छ ।
