बीपी प्रतिष्ठानका सफाई मजदुरको भेला, श्रम अधिकार कार्यान्वयनमा जोड

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाई कर्मचारी युनियनले जेठ २५ गते बीवी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाईको काम गर्ने श्रमिकहरुको भेला सम्पन्न गरेको छ । 

नेपाल सफाई कर्मचारी युनियन घोपा इकाई धरानको आयोजनामा भएको भेलामा आउटसोर्सिङ मार्फत वर्षौदेखि प्रतिष्ठानमा कार्यरत सफाई मजदुरहरुले श्रम ऐन अनुसारको विदा लगायतका सेवा सुविधा नपाएको गुनासो गरेको छ । 

भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक कसैले उलंघन नगर्न नमिल्ने भन्नु हुंदै संवाद मार्फत ऐन अनुसारका सेवा सुविधाहरु व्यवस्थापकले उपलब्ध नगराए कानुनी उपचारको अधिकारको हकलाई उपयोग गर्न जिफन्ट बाध्यहुने बताउनुभयो । 

त्यसैगरी नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्रांतीले यस विषयमा व्यवस्थापकसंग संवाद गछौं, समस्याको समाधान नभए ऐनले व्यवस्था गरेको कानुनी लडाईको बाटोबाट अघि बढ्नुको बिकल्प नरहेको बताउनु भएको छ ।