हायात होटलमा कर्मचारीलाई प्रवेशमा अवरोध, धेरैजसो कर्मचारी गेटबाटै फर्काइए
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा कार्तिक ३ गते अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस (अक्टोबर २०) कार्यक्रम सम्पन्न भएको छ ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसको शुभकामना दिनुहुँदै नेपालमा बदलिएको राजनैतिक परिवेशमा ट्रेड युनियन आन्दोलनको भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले अराजक समूहले जिफन्ट भवनको तोडफोड गरी लुटपात गरी पुऱ्याएको क्षतिको निन्दा गर्दै श्रमिकहरूको पसिनाले ठड्याएको श्रमिकहरूको आफ्नो भवन श्रमिकहरूकै सहयोगमा अझ व्यवस्थित तथा आधुनिक ढङ्गले निर्माण गर्ने बताउनु भएको छ ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस र तिहार तथा नेपाल सम्बत् ११४६ को शुभकामना व्यक्त गर्नु हुँदै आन्दोलनको नाममा भएको विध्वंस र प्राकृतिक प्रकोपको कारण भएको धन र जनको क्षतिले नेपाली समाजमा पुऱ्याएको क्षतिका कारण उत्पन्न भइरहेको असहज अवस्थामा मनाउन गइरहेको चाडबाडहरूले सद्भाव, शान्ति र आशा जगाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन हुन महासचिव ज्ञानु केसीले गर्नुभएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122172875486435116&type=3