ह्विन एस आर ड्रग्सको अध्यक्ष बिक्रम महर्जन चयन

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)  आवद्ध समग्र उधोग ट्रेड युनियन, नेपाल (ह्वीन)ले भाद्र ४ गते  एस आर ड्रग्समा कार्यरत श्रमिक भेला सम्पन्न गरेको छ । 

ह्विन एस आर ड्रग्स अध्यक्ष बिक्रम महर्जनको अध्यक्षतामा, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख अतिथ्यतामा भएको भेलाले नयाँ आर्थिक वर्षबाट बढेको न्यूनतम वेतनको कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा आवद्द भएपछि बिगतको उपदान, संचयकोस र बोनसका विषयमा छलफल भएको थियो ।

ह्विन केन्द्रीय उप महासचिव अर्जुन चौलागाई र जिफन्ट चन्द्रागिरी पालिका अध्यक्ष राजभाई श्रेष्ठको सहभागितामा भएको भेलाले सामूहिक सौदाबाजी समिति गठन गरी ब्यवस्थापक समक्ष मागपत्र पेश गर्ने निर्णय समेत गरेको छ ।