नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्यूपेक नेपाल बारा जिल्लाको मंसिर २९ गते जिफन्ट सभा हल सिमरामा सम्पन्न छैटौँ अधिवेशनले श्रीपालदाश तम्माको अध्यक्षतामा १५ सदस्य कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनका प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झाले अधिवेशन सफलताको शुभकामना दिनु हुंदै जिफन्टले पुस १ गते देखी संचालन गर्न लागेको कायाकल्पका लागी जिफन्टको अभियान २०८१को प्रकाश पार्नु भएको थियो ।
क्यूपेक जिल्ला अध्यक्ष सिह बहादुरको अध्यक्षतामा भएको अधिवेशन उद्धधाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती चौधरी, क्यूपेक केन्द्रीय उपाध्यक्ष मान बहादुर वि क, सदस्य शोभा खतिवडा 'जिफन्ट प्रदेश सचिव मुक्ति चौधरी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन धनेश्वर कुशवाहाले गर्नु भएको थियो ।