क्युपेक मकवानपुर गढीमा नेतृत्व बिकास प्रशिक्षण सम्पन्न

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक नेपाल) मकवानपुर जिल्ला शिक्षा विभागको आयोजनामा मकवानपुर गढी गांउपालिकामा भाद्र २७ गते १ दिने नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको  ।

प्रशिक्षण कार्यक्रमका जिल्ला अध्यक्ष प्रल्हाद राईले जिफन्टको संरचना र सदस्यहरूको भुमिकाका बारेमा, जिल्ला सचिव बुद्ध बहादुर बि.कले कयूपेक नेपालको र्इतिहास र कार्यक्रमको बारेमा प्रशिक्षण दिनु भएको सो कार्यक्रमको संचालन पालिका सचिव अर्जुण प्रसाद घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले गढी पालिका कमिटि अध्यक्ष  जित बहादुर घिमिरे लगाएतका अतिथीहरूको सहभागिता रहेको थियो ।