बाल श्रमविरुद्ध काठमाडौँ महानगरको अभियान : ५ महिनामा ५१ जना श्रमिक बालबालिकाको उद्धार
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको ४० औँ केन्द्रिय कमिटीको बैठक भाद्र २८ गते जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा सम्पन्न भयो ।
केन्द्रिय अध्यक्ष माया गुरूङको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बैठकलार्इ सम्बोधन गर्नु हुंदै जिफन्टको संरचना र यूनियन बिच समन्वय, संगठन परिचालनमा देखा परेका समस्याहरू र नेतृत्वले के के गर्नु पर्थो के गर्न सकेन भन्ने बारेमा मसिनो ढंगबाट बैठकमा समीक्षा गर्नु पर्ने बताउनु हुँदै त्यसका आधारमा आगामी कार्यक्रम तय गर्नु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा बजार व्यवस्थापन, युनियनका कार्यकर्ताहरूको समस्या सामाधान र यूवा र महिलाहरूको नेतृत्व बिकास तथा सदस्यता बिस्तारकालागी युनियन आफैले र जिफन्टले के के गर्नु पर्छ भन्ने बारेमा बैठकमा छलफल गर्नु पर्ने बताउनु हुँदै बैठक सफलताको शुभकामना दिनु भएको बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिब लक्ष्मण शर्माको उपस्थिती रहेको थियो ।
कार्यक्रमको फोटो हेर्न लिंकमा क्लिक गर्नुहोला https://www.facebook.com/media/set/?set=a.122117877932435116&type=3