राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशन जेठ २३ गते झापाको बिर्तामोडमा नाबुन प्रदेश अध्यक्ष आषा लिम्बुको अध्यक्षता सम्पन्न भयो ।
तेश्रो अधिबेसनबाट कला डांगीको अध्यक्षतामा ९ जनाको नाबुन कोशी प्रदेश कमिटी चयन गरेको छ ।
नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यता सम्पन्न सो अधिवेशनमा नाबुन पर्व अध्यक्ष तथा जिफन्ट स्थानिय तथा संसदिय बिभाग प्रमुख मिना गुरूङ, राष्ट्रिय कमिटी सदस्य सुमन गुरुङ लगाएतका नेतहरूलाइ सम्मान समेत गरेको थियो ।
अधिबेशनमा जिफन्ट कोशी प्रदेश सहसचिब हरी अधिकारी, नेपाल स्वतन्त्र चिया कफि मजदुर यूनियन अध्यक्ष सन्त कुमार राइ, नाबुन केन्द्रिय सचिब सुजना जोशी लगाएत नेताहरूले नव निर्वाचित कमिटिलाइ बधाइ तथा कार्य सफलताको शुभकामना दिनु भएको थियो ।
अधिवेशनमा नाबुन केन्द्रिय सचिबालय सदस्य ममता प्रधान, धनु कन्दङ्वा लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।