होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले आन्दोलन गर्ने

होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले विगत २० वर्ष देखि खाई पाई आएको १०% सेवा शुल्क अदालतले खारेज गरेपछि नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु), नेपाल पर्यटन तथा होटेल समृद्ध श्रमिक संघ र अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर सङ्घले गत वैशाख २६ गते होटेल एसोसिएसन अफ नेपाल (हान) लाई  पेश गरेको ६ बुदे माग पत्रको सम्बन्धमा चैत्र ३ गते ध्यानाकर्षण पत्र बुझाएको छ !

ध्यानाकर्षण पत्रमा सामूहिक सोद्धवाजीको विवाद तत्काल हल नगरेमा श्रम कानुनले गरेको व्यवस्थाका अधारमा अगाडी बढ्न बाध्य हुने उल्लेख गरेको छ । 

नेस्वहोमयु लगायत अन्य २ वटा युनियनको चैत्र ३ गते बसेको संयुक्त बैठकले २१ दिन भित्र मागलाई सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको श्रमिक खबरलाई जानकारी दिएको छ ।