नेस्वहोमयूले ४५ औँ स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सम्पूर्ण श्रमजीवी वर्गलाई एकताबद्ध भएर आन्दोलनमा सरिक हुनका लागि आव्हान गर्नु भएको छ । 

जिफन्ट आबद्ध संस्थापक मध्येको एक युनियन “नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेष्ट मजदुर युनियन” नेस्वहोमयूको ४५ औँ स्थापना दिवसको उपलक्ष्यमा मंसिर १३ गते काठमाण्डौको ठमेलमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा बताउनु भएको हो । 

सुविधा प्राप्त भए पछि युनियन चाहिँदैन भन्ने मानसिकता श्रमिकहरूले त्याग्नु पर्ने भन्नु हुँदै श्रम आन्दोलनमा समय सँगै मागहरू पनि परिवर्तन हुने र श्रम शोषणको रूप पनि फेरिने भएकोले श्रमिकहरूको एकताबद्ध आन्दोलनको निर्माण गर्नुपर्ने खाँचो भएकाले सम्पुर्ण श्रमजीवी मजदुर साथिहरुलाई एकताबद्ध भएर आफ्नो आन्दोलनमा सरिक हुनु पर्नेमा जोड दिनु हुँदै बर्षको संधर्षबाट प्राप्त १० प्रतिशत सेवा शुल्क खोसिए जस्तै क्रमश अन्य अधिकारहरू पनि खोसिन सक्छ तसर्थ १० प्रतिशत सेवा शुल्क पुन प्राप्ती लगाएत श्रम कानुनको प्रभावकारी कार्यान्वयनकालागी प्रतिष्ठान स्तरबाटै श्रमिकहरूलाई जागरूक बनाउदै संगठन सुदृढ र मजबुत बनाउन जिफन्टले आगामी पोष १ गते देखी जिफन्टको कायाकल्पकालागी अभियान संचालन गर्न लागेको बताउनु भयो । 

कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, जुगकाटेमयू केन्द्रिय अध्यक्ष अर्जुन अधिकारीले स्थापना दिवसको शुभकामना दिनु भएको कार्यक्रमको अध्यक्षता लक्ष्मण तिवारी, स्वागत निशा बरालले गर्नु भएको थियो भने संचालन महासचिव कमल घिमिरेले गर्नु भएको थियो । 

नेस्वहोमयू गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठानका सदस्य सुरेश घिमिरेका छोरा सुदिप घिमिरे र नेस्वहोमयू द बेकरी क्याफे प्रतिष्ठानका उपाध्यक्ष विवेक देउलाको छोरी अंशु देउलालाई स्वर्गीय माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट ट्रेड युनियनको पुरस्कार नेस्वहोमयु होटल पोखरा ग्राण्ड कास्कीलाइ  प्रदान गरिएको छ ।

कार्यक्रमको फोटोकालागी लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122129700362435116&type=3