नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ नेष्ट बागमती प्रदेश कमिटीको आयोजनामा भाद्र २९ गते जिफन्ट ट्रेड युनियन स्कुल अनामनगरमा नेतृत्व विकास कार्यक्रम सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नु हुँदै जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले प्रशिक्षणमा सिकेका बिषयहरूलार्इ व्यवहारिक रूपमा लागु गर्न सके मात्र प्रशिक्षण सफल हुने भन्नु हुँदै सहभागीलार्इ सिकेका विषयहरू आ–आफ्नो कार्य क्षेत्रमा लागु गर्न अनुरोध गर्नु हुँदै कार्यक्रमको सफलताको कामना गर्नु भयो ।
जिफन्ट उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख बिदुर कार्कीले संगठन कला, स्वरोजगार क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध लगायतका विषयमा प्रशिक्षण दिनु भएको सो कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्मा, श्रम सम्बन्ध विभाग प्रमुख कृष्ण केसी उपस्थित हुनु भएको थियो ।
कार्यक्रमको फोटोकोलागी लिंकमा क्लिक गर्नु ।
https://www.facebook.com/media/set/?set=a.122117877932435116&type=3