इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) कोशी प्रदेश कमिटीको आयोजनामा १ दिने “नेतृत्व विकास तालिम” कार्यक्रम भाद्र २२ गते विराटनगर मा सम्पन्न भयो ।
नेष्ट कोशी प्रदेश अध्यक्ष तिलक बहादुर थापाको अध्यक्षतामा सचिव नयेन्द्र विष्टले सञ्चालन गर्नु भएको सो तालिममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले संगठनमा नेतृत्व विकास, संगठन निर्माण र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका समसामयिक विषयको वारेमा प्रशिक्षण दिनु भएको थियो ।
तालिम कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुमन पराजुली र नेष्ट केन्द्रीय सदस्य सावित्रा खडकाको उपस्थिति रहेको थियो ।