नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भदौ १२ गते भिमदत्त नगरमा एक दिने नेतृत्व बिकास तालिम सम्पन्न भयो ।
केन्द्रिय सचिव खडक बहादुर रोकामगरको अध्यक्षता र जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपसचिव तथा जनसंगठन समन्वय संयोजक नरबहादुर विश्वकर्मा, जिफण्ट प्रदेश कमिटी अध्यक्ष जित बहादुर मल्ल, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त लगायत नेताहरूको सहभागिता रहेको थियो ।