कन्सुलर सेवा नवीकरण नहुँदा पोर्चुगलमा ठगिँदै नेपाली, पुलिस रिपोर्ट बनाउन ३०० युरोसम्म लिन्छन् दलाल
जिफन्ट आवद्ध स्पोर्टस युनियन नेपाल (सन) ले भाद्र १ गते जिफन्ट सभाहलमा उपत्यका स्तरीय आधारभुत ट्रेड युनियन प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियनका आधारभूत जानकारीबाट ट्रेड युनियन आन्दोलन हाँक्ने मानसिकताको विकास हुने बताउनु भयो ।
शुभारम्भ सत्रमा जिफन्ट उपध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब कृष्ण बहादुर केसी लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभयो ।
सहभागीहरूलाई स्पोर्टस युनियन नेपालका अध्यक्ष एवं जिफन्ट उपाध्यक्ष सीता लामाले प्रशिक्षण दिनु भएको थियो ।
पुरा फोटोकोलागी https://www.facebook.com/media/set/?set=a.122111106086435116&type=3